मेस्सीको दुई गोलमा बार्सिलोनालाई कोपा डेल रेको उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मेस्सीको दुई गोलमा बार्सिलोनालाई कोपा डेल रेको उपाधि

एजेन्सी । बार्सिलोनाले स्पेनिस कोपा डेल रे को फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । यस्तै एन्टोनियो ग्रीजम्यान र फ्रेन्की डी जोङले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको १२ मिनेटभित्र चार गोल गर्दै बार्सिलोना च्याम्पियन बनेको हो ।

खेलको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए भने खेलको ६३ औं मिनेटमा जोङले गोल गर्दा बार्सिलोनाको अग्रता २–० को बन्यो ।

६८ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना ३–० ले अघि रह्यो । त्यसपछि खेलको ७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० को जित दिलाए ।

यससँगै बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको छ । बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेता बनेको छ । दुई साता अघि सन् २०१९-२० को कोपा डेल रेको फाइनलमा बिल्बाओ रियल सोसिडाडसँग १–० ले पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);