बार्सिलोनासँग रियल सोसिडाड ६–१ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बार्सिलोनासँग रियल सोसिडाड ६–१ गोल अन्तरले पराजित

एजेन्सी, ९ चैत। स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले २/२ दुई गोल गरे भने एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक÷एक गोल गरे । सोसिडाडका लागि एण्डरले एक गोल फर्काए । सोसिडाडको मैदानमा ग्रीजम्यानले ३७ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा डेस्टले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अघि रह्यो ।

खेलको ५३ औं मिनेटमा डेस्टले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता ३–० को बन्यो । ५६ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई ४–० को अग्रता दिलाए । खेलको ५१ औं मिनेटमा डेम्बेलेले गोल गर्दा बार्सिलोना ५–० ले अघि रह्यो ।

खेलको ७७ औं मिनेटमा एण्डरले घरेलु टोलीका लागि एक गोल फर्काए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ६–१ को जित दिलाए । जितसँगै २८ खेलमा ६२ अंक जोड्दै बार्सिलोना लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।

सोसिडाड ४५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै गएराति नै भएका अर्को खेलमा एट्लेटिको मड्रिडले डिपोर्टिभो अल्भेसलाई १–० ले पराजित गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);