मेस्सीको चार गोलमा बार्सिलोना शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मेस्सीको चार गोलमा बार्सिलोना शीर्ष स्थानमा

barcelona vs eibar

एजेन्सी, ११ फागुन । साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा इबरलाई ५–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिकसहित चार गोल गरे भने अर्थरले एक गोल गरे । बार्सिलोनाको जितमा मेस्सीले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

३७ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए । ४० औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गर्दा बार्सिलोना ३–० ले अघि रह्यो ।

दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गर्यो । खेलको ८७ औं मिनेटम मेस्सीले व्यक्तिगत चौथो गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई ५–० को जित दिलाए ।

जितसँगै बार्सिलोनाले २५ खेलबाट ५५ अंक जोडेको छ ।  रियल मड्रिडलाई २ अंकले पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । इबर २४ अंकसहित लिगको १६ औं स्थानमा रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);