पुरुषतर्फ तिर्थ पुन र महिलातर्फ सन्तोषि श्रेष्ठलाई उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पुरुषतर्फ तिर्थ पुन र महिलातर्फ सन्तोषि श्रेष्ठलाई उपाधि

धरान, १० फागुन । आठौं नेवा च्यारिटी धरान टेन के रन को उपाधि पुरुषतर्फ तिर्थ पुन र महिलातर्फ सन्तोषि श्रेष्ठले जितेका छन् ।

धरान रन समूहको आयोजनामा शनिबार धरानमा सम्पन्न रनमा खुलातर्फ उनीहरुले उपाधि जितेका हुन् । पुनले १० किलोमिटरको दुरी ३१ मिनेट २५ सेकेण्डमा पूरा गर्दै उपाधीमा ह्याट्रिक गरे ।

यस्तै, महिलातर्फ श्रेष्ठले निर्धारित दुरी ३४ मिनेट २३ सेकण्डमा पूरा गदै दोस्रो पटक उपाधि हात पारिन् । खुलातर्फका उपाधि विजेता पुन र श्रेष्ठले जनही नगद ५० हजारसहित ट्रफी हात पारे ।

पुरुषतर्फ निर्धारित दुरी ३१ मिनेट ३३ सेकेण्डमा पूरा गदै लक्ष्मण मल्ल दोस्रो बन्दा खिम बहादुर खत्रीले ३१ मिनेट ३५ सेकेण्डमा पूरा गदै तेस्रो स्थान सुरक्षित गरे । उनीहरु दुबै जना सशस्त्र प्रहरी बल एपिएफका खेलाडी हुन् ।

यस्तै, महिलातर्फ राममाया बुढाले निर्धारित दुरी ४० मिनेट ३४ सेकेण्डमा पूरा गदै दोस्रो स्थान पक्का गरिन् । तेस्रो बनेकी छेम्बी राईले ४२ मिनेट ०२ सेकेण्डमा पूरा गरिन् । खुल्ला पुरुष र महिलातर्फका दोस्रो र तेस्रोले क्रममा जनही ३० हजार र २० हजारसहित ट्रफी हात पारे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);