काठमाडौं म्याराथनको उपाधि त्रिभुवन आर्मीका नरेन्द्र र एपीएफकी कान्छीमायालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं म्याराथनको उपाधि त्रिभुवन आर्मीका नरेन्द्र र एपीएफकी कान्छीमायालाई

काठमाडौं, ५ पुस । काठमाडौं म्याराथनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावल र महिलातर्फ एपीएफकी कान्छीमाया कोजुले जित्नुभएको छ ।

शनिबार भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा आर्मीका नरेन्द्रले निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गर्नुभयो । कोजुले २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पुरा गर्नुभयो ।

म्याराथनको उपाधि जितेपछि रावलले आफ्नो पहिलो म्याराथन भएको पहिलो पटक नै उपाधि जित्दा खुसी लागेको बताउनुभयो । म्याराथन कसरी कुद्ने भन्ने नै थाहा नभएको बताउँदै उहाँले भन्नुभयो, ‘जुत्ता पनि राम्रो थिएन् । अरुको १३, १४ हजारको जुत्ता हुन्छ मेरो ३ हजारको जुत्ता थियो ।’ उहाँले म्याराथनको रुट भने राम्रो नभएको र भोलेन्टियरहरुलाई समेत रुटका विषयमा थाहा नभएको गुनासो गर्नुभयो ।

एपीएफकी कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक गर्नुभएको हो । उहाँले आफ्नो होम ग्राउण्ड भएकाले केही सजिलो भएपनि रुटमा अलमल भएको गुनासो गर्नुभयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको म्याराथनमा आर्मीकै बेद बहादुर सुनार दोस्रो हुनु भएको छ । उहाँले २ घण्टा ३४ मिनेट २० सेकेण्डमा निर्धारित दुरु पार गर्नुभयो ।

आर्मीकै ज्ञान प्रसाद भट्टराई २ घण्टा ३४ मिनेट ४५ सेकेण्डको समयसहित तेस्रो हुनुनभयो । महिलातर्फ आर्मी क्लबकी सरिता बासी दोस्रो हुनुभयो । उहाँले ३ घण्टा १९ मिनेट ७ सेकेण्डमा पूरा गर्नुभयो ।

त्यस्तै निर्जला ताम्राकार ३ घण्टा ४५ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै तेस्रो हुनुभयो । म्याराथन त्रिपुरेश्वरबाट सुरु भएर थापाथली हुँदै कुपण्डोल, पाटन गेट, चकुपट, युएन पार्क, शंखमुल, बानेश्वर, तीनकुने हुँदै कोटेश्वर चोक घुमेर एयरपोर्ट, गौशाला, पशुपत, रातोपुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घन्टाघर, भद्रकाली र सहिदगेट हुँदै त्रिपुरेश्वर रंगशालामा पुगेर सकिएको थियो । म्याराथन विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार प्राप्त गर्नुभएको छ ।

यसैगरि हाफ म्याराथनतर्फ आर्मीकै राजन रोकाया विजयी हुनुभएको छ । उहाँले निर्धारित दुरी १ घन्टा १० मिनेट २६ सेकेन्डमा पुरा गर्नुभयो । यसैगरि आर्मीकै हरि कुमार रिमाल १ घन्टा ११ मिनेट १३ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो हुनुभयो । आर्मीकै रामजी बस्नेतले १ घन्टा ११ मिनेट २१ सेकेन्डसहित तेस्रो हुनुभयो ।

महिलातर्फ आर्मीकै पुर्ण लक्ष्मी न्यौपानेले १ घन्टा २८ मिनेट ०३ सेकेन्डमा दुरी पार पहिलो हुनुभयो । आर्मीकै सानुमाया कार्कीले १ घन्टा ३० मिनेट ०१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान हासिल गर्नुभयो ।

नेपाल पुलिसकी रेखा विष्टले १ घन्टा ११ मिनेट ४० सेकेन्डसहित तेस्रो हुनुभयो । हाफ म्याराथनतर्फको दुवै समूहतर्फका विजेताले समान २० हजार , दोस्रो हुनेले १३ र तेस्रो हुनेले ७ हजार रुपैयाँ प्राप्त गर्नुभएको छ ।

यसैगरी म्याराथन अन्तरगतको ५ किलोमिटर दौडमा पुरुषतर्फ विभागीय नेपाल एपीएफ क्लबका अजित कुमार यादव र महिलामा आर्मीकी सरस्वती भट्टराई च्याम्पियन बन्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);