प्रधानसेनापति खुला म्याराथनको उपाधी आर्मीका कृष्ण बस्नेतलाई (फोटो फिचर ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानसेनापति खुला म्याराथनको उपाधी आर्मीका कृष्ण बस्नेतलाई (फोटो फिचर )

काठमाडौं, २७ माघ । प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता तथा रन फर फन अन्तर्गत ४२ दशमलव १९५ किलोमिटरको उपाधि नेपाल आर्मीका शेरगण दलका अमलदार कृष्ण बस्नेतले जितेका छन् ।

बस्नेतले २ घण्टा २२ मिनेट ५२ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उपाधि जितेका हुन् । एपीएफका गोपिचन्द्र पार्कीले २ घण्टा २५ मिनेट ३७ सेकेन्डमा निर्धरित दुरी पार गर्दै दोस्रो भए भने नेपाल आर्मी कै राजन खत्रीले २ घण्टा २९ मिनेट १२ सेकेन्डमा दुरी पार गर्दै तेस्रो हुन सफल भए ।

त्यसैगरी २१ किलोमिटरको हाफ म्याराथनमा पुरुष ४५ वर्षभन्दा कम उमेरको उपाधि नेपाली सेनाका गजेन्द्रराज राईले जितेका छन् । उनले निर्धारित दूरी १ घण्टा १० मिनेटमा पूरा गर्दै प्रथम उपाधि जितेका हुन् । सेनाकै रामजी बस्नेतले १ घण्टा १० मिनेट २ सेकेन्ड र कल्याण बानियाँले १ घण्टा १० मिनेट ३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

४५ वर्ष मुनिका महिलातर्फको प्रतियोगितामा नेपाली सेनाकी विश्वरुपा बुढाले १ घण्टा १९ मिनेट ५ सेकेन्डमा निर्धारित दुरी पार गरी पहिलो भएकी छन् । सेनाकी रेशु बस्नेतले १ घण्टा २२ मिनेट ४३ सेकेन्ड र एपीएफकी विन्द्रा धनके श्रेष्ठले १ घण्टा २३ मिनेट ६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भएका छन्।

पुरुष ४५ वर्ष माथिको प्रतियोगितामा दामोदर बुढामगर पहिलो, भीमबहादुर गुरुङ दोस्रो र कपिल भट्ट तेस्रो भएका छन् । नेपाली सेनाका अधिकृत पुरुषतर्फको १० किलोमिटरमा रुपेश नेपाली, भुपाल अधिकारी र मधु थापा पहिलो, दोस्रो र तेस्रो भएका छन् । सेनाका अधिकृत महिलातर्फ भने करिष्मा प्रधान, मीनाकुमारी बस्नेत र रेखा अधिकारी क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);