प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह

काठमाडौं ।

नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले संसदमा विचाराधीन विधेयकहरूमा प्रतिपक्षले प्रश्तुत गरेका रचनात्मक संशोधनहरूलाई सरकारले सकारात्मक रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ । शनिवार काठमाडौंमा आयोजित ‘संस्कृतिमा काली–कर्णाली’ दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । प्रमुख सचेतक महरले हाल संघीय संसदमा चलचित्र विधेयक र बौद्धिक सम्पती सम्बन्धी विधेयक विचाराधीन रहेको जानकारी दिनुभयो । राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा आएको चलचित्र विधेयकका सम्बन्धमा प्रतिपक्षका तर्फबाट विभिन्न संशोधनहरू दर्ता गरिएको उल्लेख गर्दै उहाँले सरकारले प्रतिपक्षका कुरा सुन्दा कमजोर भइने पुरातन मानसिकता त्याग्नुपर्ने बताउनु भयो ।

उहाँले सरकारसँग स्पष्ट बहुमत रहेकाले प्रतिपक्षका रचनात्मक कुराहरू समेट्दैमा सरकार कमजोर नहुने तर्क समेत गर्नुभयो । उहाँले विशेषगरी बौद्धिक सम्पती सम्बन्धी विधेयकमा आफूले महत्वपूर्ण संशोधन प्रश्ताव राखेको जानकारी दिनुभयो । सुदूरपश्चिमको खस भाषा र संस्कृतिको संरक्षणका साथै यसलाई राष्ट्रको मूल भाषा र संस्कृतिका रूपमा स्थापित गर्नुपर्ने उहाँको माग छ । खस संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न आफूले थप अध्ययन र गृहकार्य गरिरहेको समेत उहाँले स्पष्ट पार्नुभयो । हाल संसदीय समितिहरूमा ती विधेयकहरूमाथि दफावार छलफल जारी रहेको र यस प्रक्रियामा सरकारले लचकता देखाउनुपर्नेमा उहाँको जोड छ ।

Leave a Reply

ताजा समाचार