नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्रका गोपीचन्द्रलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्रका गोपीचन्द्रलाई

नेपालगञ्ज, ६ मंसिर । यसपटक नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले हात पारेका छन् । शनिबार सम्पन्न छैटौं नेपालगन्ज म्याराथनको प्रतिस्पर्धामा निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेर पार्की पहिलो भएका हुन् ।

पार्की १३ औं सागका स्वर्णपदक विजेता पनि हुन् । नेपालगन्ज म्याराथनमा प्रथम भएका पार्की जापानको टोकियोमा हुने ओलम्पिकमा सहभागी हुनेछन् । त्यसैगरी नेपालगञ्ज म्याराथनका पूर्व विजेता नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए । उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पूरा गरेका थिए ।

पहिलो भएसंगै गोपीले ७५ हजार रुपैयाँ हात पारे । दोस्रो भएके बस्नेतले ३० हजार तथा तेस्रो भएका आर्मीकै खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी महिला हाफ म्याराथनको उपाधि भने विभागीय टोली शशस्त्रकी पुष्पा भण्डारीले हात पारेकी छन् । पुष्पाले निर्धारित दूरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी हुन् ।

१३ औं सागमा पुष्पाले रजत पदक जितेकी थिइन । दोस्रो स्थान कर्णाली प्रदेशकी मन्जु रावतले प्राप्त गरिन् । मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);