लाङटाङ–म्याराथनको उपाधि सेनाका खगेन्द्रलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लाङटाङ–म्याराथनको उपाधि सेनाका खगेन्द्रलाई

langtang marathon

रसुवा, ६ जेठ । रसुवा जिल्लामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय लाङटाङ–म्याराथन दौड प्रतियोगितामा नेपाली सेनाका खगेन्द्र बहादुर भाट प्रथम भएका छन् । उनले ३ घण्टा ४९ मिनेट २७ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।

४ घण्टा ६ मिनेट १८ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गरेका नेपाली सेना कै भरत खत्री दोस्रो बने । यस्तै नेपाली सेनाकै सुवास कार्कीले ४ घण्टा ७ मिनेट ५८ सेकेण्डमा दुरी पार गरी तेस्रो स्थान हात पारे ।

महिलातर्फ सोलुखुम्बुकी निरकला राई ४ घण्टा ५७ मिनेट १३ सेकण्डमा दुरी पार गरि प्रथम भइन् । यस्तै पूणीमाया राई ५ घण्टा २६ मिनेट १९ सेकेण्डमा दुरी पार गरी दोस्रो र ५ घण्टा ५२ मिनेट २० सेकेण्डमा दुरी पार गरीसरिता बासी तेस्रो भइन् ।

प्रतियोगितामा पहिलो हुनेले एक लाख पाँच हजार, दोस्रो हुनेले ७८ हजार र तेस्रो हुनेले ५२ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा ५३ जना खेलाडीले सहभागिता जनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);