प्रभु बैंक धरान १० के रनमा आर्मीका गजेन्द्र र धादिङकी सन्तोषी प्रथम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रभु बैंक धरान १० के रनमा आर्मीका गजेन्द्र र धादिङकी सन्तोषी प्रथम

बसन्त बान्तवा
सुनसरी, ८ फागुन ।
प्रभु बैंक धरान १० के रन नवौं नेवा च्यारिटी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । यस खेलकुद प्रतियोगितामा पुुरुष तर्फ नेपाल आर्मीका गजेन्द्र राई र महिला तर्फ धादिङकी सन्तोषी श्रेष्ठले जित हाँसिल गरेका छन् ।

शनिबार धरानमा सम्पन्न प्रतियोगितामा पुुरुष तर्फ आर्मीका गजेन्द्र राइले निर्धारित १० किलोमिटरको दुरी ३२ मिनेट २१ सेकेण्डमा पुरा गर्दै प्रथम स्थान हाँसिल गरेकाछन भने महिलातर्फ धादिङकी सन्तोषीले ३८ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै प्रथम भएकी छिन् ।

पुरुषतर्फ आर्मीकै टंकबहादुर कार्की ३३ मिनेट ५४ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने आर्मीकै जितेन्द्र दनवार ३४ मिनेटमा दुरी पुरा गर्दै तेस्रो भएकाछन । यस्तै, भोजपुरका श्रीकास राई चौथो र धरानका नविन तामाङ पाँचौं भए । भोजपुरकी छविमाया राईले ४२ मिनेट ७ सेकेण्डमा पुरा गर्दै दोस्रो भइन् भने जुम्लाकी वन्दना बुढाले ४३ मिनेट ४८ सेकेण्डमा पार गर्दै तेस्रो भइन् ।

यसैगरि, धरानकी इन्द्रकला लिम्बु र कमला राइले क्रमशः चौथो र पाँचौं स्थानमा रहन सफल भए । प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुषले नगद ५० हजार सहित ट्रफि, मेडल प्राप्त गरेका छन् ।

त्यसतै दोश्रो हुनेले ट्रफि, मेडल सहित ३०तेश्रो हुनेले २० हजार र चौथो र पाँचौ हुने धावक धाविकाहरुले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । यस खेल प्रतियोगितामा विगतमा ५ हजारको हाराहारीमा सहभागी हुने गरेपनि यसपटक कोरोना महामारीका कारण महिला तथा पुरुषगरी १ सय ५० जनाको सहभागीता रहेको धरान रनका अध्यक्ष रमु राईले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);