बागलुङको तित्याङमा बहुउद्देश्यीय खेलकुद मैदानको निर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बागलुङको तित्याङमा बहुउद्देश्यीय खेलकुद मैदानको निर्माण सुरु

बागलुङ, ८ फागुन । खेलकुद क्षेत्रको विकास गर्ने उदेश्य राख्दै बागलुङमा राष्ट्रियस्तरको खेल मैदानको निर्माण थालिएको छ । बागलुङको तित्याङमा राष्ट्रियस्तरको खेल मैदानक निर्माण सुरु भएपछि यहाँका स्थानिय खेलप्रेमी युवाहरु खुसी देखिएका छन् । त्यसतै गुरुयोजना बनाएर खेलमैदा निर्माणको काम शुरुवात गर्न खेलप्रेमी युवाहरूले माग गरेका छन् ।

खेलमैदान भित्र फुटबल, भलिबल, एथलेटिक्स लगायतका विभिन्न खेलहरु सञ्चालन गर्न सकिने छ । बागलुङ सदरमुकाम पछि सबैभन्दा धेरै खेलकुद गतिविधि गर्न सकिने खेलमैदान समेत रहेकाले भविष्यमा राष्ट्रिय क्षेत्रीय लगायत जिल्ला स्तरीय खेलकुद प्रतियोगिता गर्न समेत सहज हुने देखिएको छ ।

१ सय मिटर लम्बाई र ६० मिटर चौडाई भएको खेल मैदानमा खेलकुद विधामा नेपाल भित्र प्रयोग हुने धेरै खेल सञ्चालन गर्न सकिने हुँदा बहुउद्देश्यीय खेलकुद मैदान बनाउन लागि परेको सरोकारवाला बताउँछन् ।

बागलुङ जिल्लामा यतिबेला खेलकुदका गतिविधि बढदै गएका छन् । तर खेल खेल्नको लागि उपयुक्त खेल मैदानको अभावका कारण खेलाडीहरुले गर्ने अभ्यास लगायत खेल खेल्ने वातावरण बन्न सकेको थिएन ।

निर्माणधिन खेलमैदान खेलकुदको लागि उपयुक्त मैदान हुनेमा खेलाडिहरु विश्वस्त देखिन्छन । करिव २० करोडको लगानिमा निर्माण हुन लागेको खेलमैदानका लागि हाल सम्म सरकारी तथा जनस्तर बाट ६० लाख रूपैयाँ खर्च भइसकेको बताईएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);