योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयनमा नै आफ्नो सफलता देखेको प्रधानमन्त्री प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयनमा नै आफ्नो सफलता देखेको प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयनमा नै आफ्नो सफलता देखेको बताउनुभएको छ ।

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा र आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पु¥याउन सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्नेगरी कानूनी आधार तयार पारेको उल्लेख गर्दै उहाँले सशक्त भुमिका निर्वाह गर्न पनि स्थानीय तहलाई आग्रह गर्नुभयो ।

सबैलाई सामाजिक सुरक्षा भन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न आफ्नै निर्देशन र पहलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षाको सुरुवात गरिएको भन्दै त्यसको कार्यान्वयनमा देखिएका चुनौतीहरु सामुहिक प्रयासबाट सम्बोधन गर्ने समेत बताउनु भयो ।

प्रधानमन्त्री दाहालले श्रमिकहरुको न्युनतम पारिश्रमिकको वृद्धिका लागि निरन्तर पहल गरिरहने पनि बताउनु भयो । त्यस्तै प्रधानमन्त्री दाहालले सरकारले अर्थतन्त्रको चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै त्यसको सामना गर्दै अघि बढिरहेको पनि बताउनु भयो ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);