‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ सम्पन (फोटोफिचरसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ सम्पन (फोटोफिचरसहित)

rabindra adhikari

काठमाडौं, १३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’लाई प्रभावकारी प्रभावकारी कार्यान्वयनमा गर्न सरकार प्रतिवद्ध रहेकोे बताएका छन् ।

बिहिवार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले सामाजिक सुरक्षा कार्यक्रम चुनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सम्बन्धित सबै पक्षलाई साथ दिन पनि आह्वान गरे । उनले श्रमिकहरुको सम्मानका लागि जीवन पर्यन्त सुविधा दिने गरी सरकारले सामाजिक सुरक्षा कार्यक्रम ल्याएको पनि स्पष्ट पारे । सामाजिक सुरक्षा कार्यक्रमबाट मुलुक नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यसको कार्यान्वयनमा गम्भिर भएर लाग्नुपर्ने आवश्यक्ता औंल्याए ।

मन्त्री अधिकारीले सामाजिक सुरक्षा कार्यक्रमलाई कार्यान्वयनमा लैजान सरोकारवाला निकायहरुलाई पनि गम्भिर बन्न आग्रह गरेका छन् । उनले श्रमिकहरुलाई अवसर, सेवा र सुविधा दिएर मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागि परेको दावी पनि गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);