बाङगेचौर खेल मैदानलाई आधुनिक रंगशाला बनाउने कामले गति लिन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाङगेचौर खेल मैदानलाई आधुनिक रंगशाला बनाउने कामले गति लिन सकेन

सुवाष आचार्य
बागलुङ, १७ चैत ।
बागलुङको बाङगेचौर खेल मैदानलाई आधुनिक रंगशाला बनाउन डिपिआर गरेको २ वर्ष भैसक्दा पनि निर्माण सुरु हुन सकेको छैन । डिपिआर बने पनि छुट्याईको बजेट प्रयोग नहुँदा फ्रिज भएको छ ।

दुई बर्ष अघिनै डिपिआर तयार भएको बागलुङ बाङगेचौर खेल मैदानलाई आधुनिक रंगशाला बनाउने कामले गति लिन सकेको छैन । तत्कालिन जिल्ला खेलकुद बिकास समितिको अगुवाईमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको बजेट परिचालन गरेर डिपिआर बनाइएको थियो । सुबिधासम्पन्न रंगशाला, प्याराफिट, एथलेटिक्स र इन्डोर खेलका लागि १५ करोड ४० लाख रुपैयाको डिपिआर बनेको थियो ।

बागलुङ नगरपालिकाले पनि पटकपटक रंगाशाला बारे नीति तथा कार्यक्रममा बनाएपनि ठोस रुपमा काम गर्न सकेको छैन । प्रदेश वा संघीय बजेट परिचालन गर्ने विषयमा भने नगरपालिकाबाट पनि ठोस पहल हुन सकेको छैन ।

गत आर्थिक वर्ष २०७६-०७७ मा संघीय सरकारले विनियोजन गरेको ५० लाख मध्ये कोरोनाको कारण ३२ लाखको र प्रदेश सरकारले विनियोजन गरेको ३० लाख मध्ये १० लाखको मात्रै काम भएको छ । संघिय र प्रदेश सरकारसंग प्रस्ताव गरी साझेदारीमा रंगशालालाई पुर्णता दिने बागलुङ नगरपालिकाले तयारी गरेको छ ।

डिपिआर बनेपछि बागलुङ नगरपालिकाले साझोदारी कार्यक्रममार्फत निर्माण गर्न सकिने आसय सहितको प्रस्ताव मन्त्रालयमा पठाएको छ । उक्त आसय स्विकृत हुँदा मन्त्रालयले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान रहेको भए पनि अहिलेसम्म काम हुने नहुने भन्ने टुङ्गो लागेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);