मुलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको काम सुस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको काम सुस्त

किशन भण्डारी
काठमाडौं, २१ माघ

तीन बर्ष अघि काठमाडौंको मुलपानीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न सुरु गरिएको थियो । तर, एक बर्ष अघि नै निर्माण सकिनुपर्ने उक्त रंगशालाको आधारभूत कामसमेत सकिएको छैन ।

काठमाडौंको मुलपानीमा २०७१ साल माघ १९ गतेबाट निर्माण सुरु गरिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला २०७३ असार मसान्तमा सक्ने गरि ठेक्का सम्झौता भएको थियो । तर, २०७४ साल सकिन लाग्दासमेत रंगशालाको आधारभुत कामसमेत पुरा हुन सकेको छैन । आयोजनास्थलमा तीब्ररुपमा काम भइरहेको राखेपको दावी गरे पनि स्थलगत अवलोकनमा जाँदा निर्माणधिन क्षेत्रमा कामदारसमेत देख्न मुस्कील छ । र प्रभावकारी निर्माण भएकोे अनुभुती गर्न सकिँदैन ।

निर्माण सम्पन्न भएको भनिएको प्याराफिटको अवस्थासमेत नाजुक देखिन्छ । यस रंगशाला निर्माणका लागि सरकारले १४ करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तोकिएको समय भित्र निर्माण सम्पन्न नभएपछि ६ महिना समय थप गरिएको थियो । तर थपिएकोबाहेक अर्काे ६ महिना बिती सक्दा पनि मैदानमा कुनै परिवर्तन आएको छैन । २० वर्ष देखि चर्चामा रहेको मुलपानीको खाली मैदानलाई अन्तर्राष्ट्रिय स्तरको प्याराफिटसहितको क्रिकेट मैदान बनाउन सुरु त भयो तर सम्पन्न हुन भने कति समय लाग्ने भन्न सक्ने अवस्था छैन । हालसम्म निर्माण भएको संरचनासमेत कमजोर बन्दै गएपछि खेलाडीहरु चिन्तीत देखिएका छन् ।

जग्गा धनिले मुआब्जा नपाएका कारण निर्माणमा ढिलाई भएको राष्ट्रिय खेलकुद परिषदको भनाई छ । मुआब्जा विवाद सल्टाएर एक वर्ष भित्र निर्माण सक्ने परिषदको दाबी छ । राम्रो सम्भावना बोकेको क्रिकेट खेललाई व्यवस्थित र व्यवसायीक बनाउन सरकारी तवरबाट पहल हुन जरुरी छ । त्यसका लागि सरकारले समयमै भैतिकपूर्वाधार निर्माण ध्यान दिन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);