ला लिगामा लेभान्टेसँग रियल मड्रिड बराबरीमा रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

ला लिगामा लेभान्टेसँग रियल मड्रिड बराबरीमा रोकियो

एजेन्सी, २१ माघ । स्पेनिस लालिगामा खराब प्रदर्शनबाट गुज्रिरहेको रियल मड्रिड अंक तालिकाको पुछारमा रहेको लेभान्टेसँग बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा रियल मड्रिड लेभान्टेसँग २–२ गोलको बराबरीमा रोकिएको छ । खेलमा रियलले सुरुवाती अग्रता लिएको थियो । रियलले खेलको ११ औं मिनेटमा सर्जिओ रामोसको गोलमा अग्रता लिएकामा लेभान्टेले ४२ औं मिनेटमा बराबरी गोल फर्कायो । खेल सकिन नौ मिनेट बाँकी रहँदा रियलका लागि इस्कोले गोल गरेकामा लेभान्टेले रेफ्रीले खेल सकिएको जनाउ दिनु एक मिनेट पहिले बराबरी गोल फर्कायो । बराबरीसँगै रियल मड्रिड र शीर्ष स्थानको बार्सिलोनाको अंक दूरी बढेको छ । चौंथो स्थानको रियलको ३९ अंक भएको छ भने बार्सिलोनाको ५७ अंक छ ।

गएराति नै भएको खेलमा पाँचौं स्थानको भिल्लारियल र छैटौं स्थानको सेभिल्लाले पराजय व्यहोरेका छन् । यी दुवै क्लब आफूभन्दा पछाडि रहेका क्लबसँग पराजित भएका हुन् । भिल्लारियलले रियल बेटिससँग २–१ तथा सेभिल्लाले इबरसँग ५–१ को पराजय व्यहोरेका हुन् । आठौं स्थानको सेल्टा भिगो पनि पुछारतिर रहेको अलाभेससँग २–१ ले पराजित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);