एल क्लासिको बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एल क्लासिको बराबरीमा

el classico

एजेन्सी, २४ बैशाख । रियल मड्रिड र बार्सिलोनाले बराबरी खेलेका छन् । स्पेनिस ला लिगामा गएराति भएको खेलमा रियल मड्रिड र बार्सिलोनाले २–२ गोलको बराबरी खेलेका हुन् ।

खेलमा बार्सिलोनाले अग्रता लिएको थियो । बार्सिलोनाले लुईस स्वारेजको गोलमा १० औं मिनेटमा अग्रता लिएकामा त्यसको चार मिनेटपछि रियल मड्रिडले बराबरी गोल फर्कायो । क्रिस्टियानो रोनाल्डोले १४ औं मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

बार्सिलोना पहिलो हाफको अन्तिममा १० खेलाडीमा सीमित भएको थियो । सर्जियो रोबर्टो रातो कार्ड पाएर मैदानबाट वाहिरिए पनि रियल मड्रिडले फाइदा उठाउन सकेन । बरु ५२ औं मिनेटमा बार्सिलोनाले गोल थप्यो । बार्सिलोनाका लागि लिओनल मेस्सीले २–१ को अग्रता दिलाए । रोनाल्डोले चोटका कारण पहिलो हाफमा नै मैदान छाडेकामा ७२ औं मिनेटमा गारेथ बेलले बराबरी गोल फर्काए ।

तीन खेल बाँकी भएपनि यसअघि नै उपाधि जितिसकेको बार्सिलोना ला लिगाको जारी सिजनमा अपराजित छ । रियल मड्रिड भने ३५ खेलमा ७२ अंकसहित तेस्रो स्थानमा छ ।

दोस्रो स्थानको एथ्लेटिको मड्रिडले गएराति भएको खेलमा इस्पान्योलसँग २–० को हार व्यहोरेका कारण रियल मड्रिड दोस्रो स्थानमा उक्लिने सम्भावना बढेको छ । एक खेल बढी खेलेको एथ्लेटिको मड्रिडको ७५ अंक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);