बलियो बन्दै बार्सिलोना, फेरि चम्कीए मेस्सी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बलियो बन्दै बार्सिलोना, फेरि चम्कीए मेस्सी

स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा एथ्लेटिको मड्रिड २–१ ले पराजित, जित पछि शीर्ष स्थानको रियल मड्रिडमाथि बार्सिलोनाको दवाव कायमै

बलियो बन्दै बार्सिलोना

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम राखेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा उपाधि होडमा रहेको अर्को क्लब एथ्लेटिको मड्रिडलाई बार्सिलोनाले हरायो ।

बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई उसकै मैदानमा २–१ ले हराएको हो । बार्सिलोनाको जितमा राफिन्हा र लियोनल मेस्सीले गोल गरे ।

एथ्लेटिकोका लागि डिएगो गोडिनले एक गोल फर्काए । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ६४ औं मिनेटमा राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाए । ७० औं मिनेटमा एथ्लेटिकोका गोडिनले बराबरी गोल फर्काए ।

८६ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को महत्वपूर्ण जित दिलाए । यो खेलमा बार्सिलोनाका लागि मेस्सीको गोल महत्वपूर्ण रह्यो । मेस्सीले ला लिगामा यो सिजन २१ खेलमा २० गोल गरेका छन् । जितपछि दोस्रो स्थानको बार्सिलोनाको २४ खेलबाट ५४ अंक भएको छ ।

एक खेल कम खेलको शीर्ष स्थानको रियल मड्रिडको ५५ अंक छ । २४ खेलबाट ४५ अंकसहित चौथो स्थानको एथ्लेटिको भने उपाधि होडबाट लगभग बाहिरिएको छ ।

सन् २०१४ को च्याम्पियन एथ्लेटिको मड्रिड अहिले शीर्ष स्थानको रियल मड्रिड भन्दा १० अंकले पछि छ । राति भएका अरु खेलमा एथ्लेटिको बिल्बाओले ग्रनाडालाई ३–१ तथा स्पानियोलले ओसासुनालाई ३–० ले हरायो । स्पोर्टिङ डि गिजोन र सेल्टा डि भिगोले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);