स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाद्वारा दोस्रो स्थानको एथ्लेटिको मड्रिड १–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एजेन्सी, २१ फागुन । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले उपाधि होडलाई बलियो पारेको छ । बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरी उ सँगको अंक दूरी बढाएर ८ अंक पुर्याइ उपाधि होडलाई बलियो पारेको हो ।

बार्सिलोनाको २७ खेलबाट ६९ अंक छ भने दोस्रो स्थानको एथ्लेटिको मड्रिडको समान खेलबाट ६१ अंक छ । एथ्लेटिको मड्रिडसँगको अंक दूरी बढाउने क्रममा बार्सिलोनाका लागि लिओनल मेस्सीले निर्णायक गोल गरे । मेस्सीले खेलको २६ औं मिनेटमा फ्रि किकमार्फत गोल गरेका हुन् । मेस्सीले गरेको उक्त गोल उनको जीवनको ६ सयौं गोल हो ।

अर्जेन्टिनाका लागि ६१ गोल गरेका मेस्सीले क्लबका तर्फबाट गरेको गोल संख्या ५ सय ३९ पुर्याएका छन् । लिग अन्र्तगत गएराति भएको अर्को खेलमा चौंथो स्थानको भ्यालेन्सियाले रियल बेटिसविरुद्ध २–० को जित दर्ता गरेको छ भने रियल सोसिडाडले अलाभेसलाई २–१ ले पराजित गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);