मेस्सी चम्कदा बार्सिलोना विजयी, रियलको अग्रता कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मेस्सी चम्कदा बार्सिलोना विजयी, रियलको अग्रता कायमै

स्पेनिस ला लिगाको उपाधि भिडन्त रोचक बन्दै, लेगानेसलाई ४–२ ले हराएर रियलको अग्रता कायमै, सेभिल्लालाई ३–० ले पराजित गरेको बार्सिलोना पनि उपाधि होडमै

मेस्सी चम्कदा बार्सिलोना विजयी

काठमाडौं । लियोनल मेस्सीको दुई गोलको मद्दतमा स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम राखेको छ ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ३–० ले हराएर रियल मड्रिडमाथिको दबाब कायम राखेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरे ।

बार्सिलोनाले तीनै गोल पहिलो हाफमा नै गरेको हो । स्वारेजले २५ औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाए । मेस्सीले २८ र ३३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई ३–० को अग्रता दिलाए ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । माचिन पेरेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इन्जुरी समयमा सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि शीर्ष स्थानको रियलको २९ खेलबाट ७१ तथा एक खेल बढी खेलको दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक भएको छ । चौथो स्थानको सेभिल्लाको ३० खेलबाट ५८ अंक छ । यता स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले विजयी यात्रा कायम राखेको छ ।

लिग अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले लेगानेसलाई ४–२ ले हरायो । रियलको जितमा अल्भारो मोराटाले तीन तथा जेम्स रोड्रिग्वेजले एक गोल गरे । लेगानेसका लागि पिरेस र नेभेसले एक एक गोल गरे ।

क्रिष्टियानो रोनाल्डो, करिम बेन्जिमा तथा ग्यारेथ बेल बिना नै खेलेको रियल मड्रिडका लागि १५ औं मिनेटमा राड्रिग्वेजले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए ।

मोराटाले यो सिजन रियलका लागि १५ गोल गरिसकेका छन् । जितपछि शीर्ष स्थानको रियलको २९ खेलबाट ७१ तथा एक खेल बढी खेलको दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);