ला लिगामा बार्सा विजयी, रियलसँग अंक दुरी दुईमा झर्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ला लिगामा बार्सा विजयी, रियलसँग अंक दुरी दुईमा झर्यो

स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा एइबर ४–० ले पराजित, एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडभन्दा दुईं अंकले पछि

ला लिगामा बार्सा विजयी

काठमाण्डौ । स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम गरेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एइबरलाई ४–० ले हराएर उपाधि दाबेदार रियल मड्रिडसँगको अंक दूरी दुईमा झारेको हो ।

बार्सिलोनाको जितमा डेनिस स्वारेज, लियोनल मेस्सी, लुइस स्वारेज र नेइमारले गोल गरे । ३१ औं मिनेटमा डेनिस स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई १–० को अग्रता दिलाए ।

बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल र्गयो । दोस्रो हाफमा एमएसएनले गोल गरे । ५० औं मिनेटमा मेस्सी तथा ६८ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता ३–० मा पुर्‍याए ।

इन्जुरी समयमा नेइमारले गोल गरेपछि बार्सिलोनाले ४–० को प्रभावशाली जित दर्ता गर्‍यो । जितपछि तेस्रो स्थानको बार्सिलोनाको १९ खेलबाट ४१ अंक छ । यो एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिड भन्दा दुई अंक कम हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);