लियोनल मेस्सीले दुई गोलसँगै स्पेनिस ला लिगामा बार्सिलोनाको सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

लियोनल मेस्सीले दुई गोलसँगै स्पेनिस ला लिगामा बार्सिलोनाको सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा एन्टोनी ग्रीजम्यान र रोनाल्ड अरुजोले एक÷एक गोल थपे भने बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो । गेटाफेका इनेस उनलले एक गोल फर्काए भने एक गोल आत्मघाती उपहार नै पायो ।

खेलको आठौं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा बार्सिलोनाका क्लेमेन्ट लेग्लेटले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरी भयो ।

२८ औं मिनेटमा गेटाफेका सोफियन चक्लाले आत्मघाती गोल गर्दा बार्सिलोनाले २–१ को अग्रता बनायो । खेलको ३३ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ को अग्रता दिलाए ।

६९ औं मिनेटमा गेटाफेका इनेसले पेनाल्टीमा गोल गर्दा खेल ३–२ को स्थितिमा आयो । खेलको ८७ औं मिनेटमा रोनाल्डले गोल गर्दा बार्सिलोना ४–२ ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा ग्रीजम्यानले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ५–२ को जित दिलाए ।

जितसँगै बार्सिलोनाले ३१ खेलमा ६८ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित गेटाफे ३१ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);