स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार जित, मेस्सीले बनाए रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०७९, मंगलबार

स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार जित, मेस्सीले बनाए रेकर्ड

स्पेनिस ला लिगा लिडर बार्सिलोनाद्वारा सेल्टा डि भिगोलाई ५–० ले पराजित

स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार जित

काठमाडौं । स्पेनिस ला लिगा लिडर बार्सिलोनाले फेरि अर्को शानदार जित दर्ता गरेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोलाई ५–० ले हरायो ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई तथा नेइमार, इभान रेकिटिक र स्यामुएल उमटिटीले एक एक गोल गरे । २४ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए ।

४० औं मिनेटमा नेइमारले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लियो । ५७ औं मिनेटमा रेकिटिक तथा ६१ औं मिनेटमा उमटिटीले गोल गरेपछि बार्सिलोनाको अग्रता ४–० मा पुग्यो ।

६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को शानदार जित दिलाए ।

शीर्ष स्थानको बार्सिलोनाको ६० अंक छ । मेस्सीले यो सिजन ला लिगामा अहिलेसम्म २३ गोल गरिसकेका छन् । सात गोलका लागि सहयोग गरेका उनी सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् ।

Leave a Reply