स्पेनिस ला लिगामा बार्सिलोनाले विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्पेनिस ला लिगामा बार्सिलोनाले विजयी सुरुवात

एजेन्सी, १२ असोज । स्पेनिस ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको खेलमा बर्सिलोनाले भिल्लेरियाललाई ४–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

बर्सिलोनाको जितामा अन्सु फातीले उत्कृष्ठ प्रदर्शन गरे । अंशु फातीले १५ औं मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए । त्यसको चार मिनेपछि फिलिप कौटिन्होको पासमा फातीले बार्सिलोनाको अग्रता दोब्बर बनाए । ३५ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा टोरेसले आत्मघाति गोल गरेपछि बार्सिलोना दोस्रो हाफ खेल्नु अघि नै ४–० को सहज अवस्थामा पुगिसकेको थियो । र दोस्रो हाफमा दुवै टिमले गोल गर्न असफल रहेसँगै खेल बार्सिलोनाको पोल्टामा पुग्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);