कोरोनाका कारण बन्दरहेकाे प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कोरोनाका कारण बन्दरहेकाे प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा

paragliding

काठमाडाैं, १२ असाेज । कोरोना महामारीका कारण विगत ७ महिनादेखी बन्द पोखराको प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ । सरकारले आन्तरिक हवाई उडान शुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेवाट व्यवसायीक रुपमा सञ्चालनमा आउने भएको हो ।

अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यवसायीक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्थाले जनाएको छ । पुरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने पनि संस्थाको भनाई छ ।

लकडाउनको अवधिमा पोखरामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरुले करिब ५० करोड बराबरो नोक्सानी व्यहोर्नुपरेको व्यवसायीहरुको भनाई छ ।अहिले परिक्षणकालमा रहेका प्याराग्लाइडिङ सुरक्षाका निश्चित मापदण्ड अपनाएर संचालन भइरहेका छन । पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने गर्दछन् ।

सुरुआती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङमा अहिले तीन सयभन्दा बढी नेपाली पाइलट छन् । प्याराग्लाइडिङबाट झन्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);