भ्रमण वर्ष लक्षित धरानमा प्याराग्लाइडिङ सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भ्रमण वर्ष लक्षित धरानमा प्याराग्लाइडिङ सुरु

dharan paragliding4

धरान, २६ पुस । पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धरानबाट प्याराग्लाइडिङ सुरु गरिएको छ । यो संगै धरान–४ स्थित गढीथुम्की डाँडाबाट साहशिक खेल प्याराग्लाइडिङको मज्जा लिन पाईने भएको हो । यसअघि कोशी करिडोरको भौतिक संरचनाका कारण धरानकै चिन्डेडाँडाबाट हुँदै आएको उडान बन्द भएको थियो ।

धरान ४ मा रहेको गढीथुम्की डाँडाले केहि समय अगाडिसम्म हुँदै आएको प्याराग्लाइडिङको बन्द भएपछि धरासायी बनेको सहासिक खेल पर्यटनलाई पुनः ब्युताउने भएको छ । केहि समय अगाडि यहाँबाट प्याराग्लाइडिङको सफल परिक्षण उडान भएको छ ।

धरान ४ स्थित छोटी मोरङ र वडा नम्बर २० स्थित चिण्डे डाँडाबाट प्याराग्लाइडिङको उडान हुँदै आएपनि कोशी करिडोर विद्युत प्रशारण लाइनको विस्तार भएपछि सुरक्षाका कारण प्याराग्लाइडिङ उडान नहुने भएपछि उडान (टेकअप)को लागि नयाँ क्षेत्रको खोजी गरिएको हो ।

नयाँ उडान भर्ने ठाउँबाट नेपाली सेनाका प्यारा पाइलट र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघका गरी ३४ जनाले उडान भरेका छन् । गढीडाडाबाट उडान भरेपछि सेउती खोलाको किनारमा अवतरण गरिनेछ । यस क्षेत्रबाट नियमित उडान गर्ने संघको योजना छ ।

धरानमा हाल दुई वटा कम्पनीले प्याराग्लाइडिङको नियमित उडान गर्दै आएका छन् । केही वर्षयता उदयपुरको बेलका नगरपालिकामा प्याराग्लाइडिङको स्कुल समेत सञ्चालनमा छ । यता नेपाली सेनाका प्यारा पाइलटले प्याराग्लाइडिङको प्रबद्र्धन गर्न धरानमा ७ दिने उडान कोर्ष गराइ रहेका छन् । भ्रमण वर्ष २०२० को प्रवर्धन गर्न लागिएको र उड्न सक्ने स्थानको सम्भाव्यता अध्ययन गरिरहेको नेपाली सेनाको भनाई छ ।

नेपाल आउने पर्यटकको रोजाईमा प्याराग्लाईडिङ पर्ने गरेको छ । तर प्रदेश १ मा यसको बिकास सन्तोषजनक छैन । तर कोशी करिडोरको संरचनाले लगभग पूर्ण बिराम लगाएको धराने प्याराग्लाइडिङले आश भने जगाएको छ । यता उदयपुरको बेलका संचालित कक्षाले यसलाई थप सहयोग गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);