माघ १ गतेदेखि खुल्ला मञ्चमा पार्किङ निषेध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माघ १ गतेदेखि खुल्ला मञ्चमा पार्किङ निषेध

khula manch no parking1

काठमाडौं, २६ पुस । खुल्ला मञ्चको गरिमालाई कायम राख्नको लागि २०७६ माघ १ गतेदेखि खुलामञ्चमा पार्किङ निषेध गरिएकोछ । अकुपाई टुँडिखेल अभियन्ताहरुले काठमाडौं महानगरपालिका वडा नम्बर २८ को सहकार्यमा पार्किङ नगर्न आवहान गरेको छ । टुँडिखेल अक्रिमणकै कारण साँघुरिदै गइरहेको भन्दै काठमाडौं महानगरपालिकाले त्यस स्थानमा रहेको बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल हटाउने अग्रसरता नदेखाएको आरोप लगाएका छन् ।

काठमाडौंको मुटुमा रहेको वीर अस्पताल अगाडी रहेको खुल्ला मञ्च यतिखेर फोहोर थुपारिने ठाउँ, पार्किङ स्थल र काठमाडौं महानगरपालिकाकै सहकार्यमा बसपार्क स्थल बनेकोछ । अस्थायी रुपमा राखिएको भएपनि भवन निर्माणका कामदारले गर्दा यतिखेर टुँडिखेल विस्थापित हुने अवस्थामा पुगेको हो ।

khula manch no parking

खुल्ला मञ्चलाई मानव साङ्लोले घेरेर गत कात्तिक २३ गतेदेखि सुरु गरिएको अकुपाई टुँडिखेल अभियानको १० औ हप्ता पुगिसकेको छ । टुडिखेल बचाउनकालागि अभियान्ताहरुले बिभिन्न कार्यक्रम गर्दै महानगरपालिका लाई दवाव दिदै आएका छन् भने माघ १ गतेदेखि भने पार्किक निषेधित क्षेत्र घोषणा समेत गरेका छन् ।

महानगरपालिकाले खुल्ला मञ्च खाली गराउन सक्रियता नदेखाएको भन्दै अभियानकर्ताले डोजर लगाएर सम्याउनुका साथै सरसफाइ समेत गरिसेकेका छन् । लाखौं नेपालीलाई सम्बोधन गरिने ठाउँ अस्तव्यस्त भएपछि व्यवस्थित बनाउन लागि स्थानिय निकायले ध्यान दिनैपर्ने जनप्रतिनिधिहरुको बताउँछन् ।

अभियानको दशौं हप्ता पुग्दा समेत नियम निकाय महानगरले त्यस स्थानमा दरबार हाइस्कूल र धरहरा पुनःनिर्माण, वीर अस्पतालका भवन निर्माणका सामग्री थुपार्न दिएका कारण खुल्लामञ्ज अस्तव्यस्त बन्दै गएको छ । अस्तव्यस्त खुल्ला मञ्चलाई खुलानै राख्नको लागि पार्किङ स्थल हटाउन पहल गरिएको र अन्य काम पनि गरिने भएको हो ।
khula manch no parking2
सफा, स्वच्छ खुल्ला मञ्च कायम गरौं खुल्ला मञ्चको फोहोर कसिंगर जरैदेखि उखेलेर फालौं भन्ने नारासहित टुंडिखेल अभियान थालिएको हो । करोडौं नेपालीको हक लाग्ने सम्पत्तिलाई महानगरले भाडा लगाउने काम बन्द गर्नु पर्ने स्थानीयवासीका माग रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);