तलब नपाउँदा शिक्षक धर्नामा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

तलब नपाउँदा शिक्षक धर्नामा

महोत्तरी, २५ पुस । महोत्तरीको सम्सी गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु गाउँपालिका भवनमा धर्नामा बसेका छन् । चालू आर्थिक वर्षको कुनै तलब उपलब्ध नगराइएको भन्दै शिक्षकहरु पढाउन छोडी गाउँपालिका भवनको मुलगेटमा धर्नामा बसेका हुन् । पटकपटक तलबको माग गरेपनि बेवास्ता भएको शिक्षकहरुको गुनासो छ ।

चक डस्टर समाति कक्षा कोठामा पढाउन जानु पर्ने शिक्षक यतिबेला गाउँपालिका भवनको मूलगेटमा धर्नामा बसेका छन् । स्थानीय सरकारले तलव नदिंदा पढाउन छोडी धर्नामा बसेको शिक्षकहरु बताउँछन् ।

गएको साउन महिनादेखि शिक्षकले तलव पाएका छैनन । तलबको लागि महिनौँ स्थानीय सरकारलाई गुहार्दा पनि सुनुवाई नभएपछि बुधबारदेखि शिक्षकहरु धर्नामा बसेका हुन् ।

सम्सी गाउँपालिकामा ४ माबि, ३ प्राबि.र ८ वटा मदर्सामा कार्यरत ७४ जना शिक्षकहरुले चालु आर्थिक बर्षको कुनै तलब पाएका छैनन् । यता सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुख, उपाध्यक्ष नगिना देवी यादव र प्रशासकिय अधिकृत मुकेस चौरसीया सम्पर्कमा आउन चाहेका छैनन् ।

अबको एकहप्ताभित्र एकमुष्ट तलव नपाए सम्पूर्ण शिक्षालय बन्द गरि धर्नामा वस्ने चेतावनी शिक्षकहरुले दिएका छन् । सम्सी गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुलाई तलब त दिएको छैन नै गाउँपालिका भवनको भाडा पनि महिनौँदेखि बक्यौता राखेको छ ।

घरको भाडा विगत छ महिनादेखि नदिएको भन्दै घरधनी राम भरत रायले गाउँपालिका कार्यालयको मुल ढोकामा गएको मगंलबार ताला लगाएका थिए । एक साता भित्र घरभाडा चुक्ता गर्ने शर्तमा गाउँपालिका भवनमा लगाइएको ताल्चा भने बिहीबार खोलिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);