दसैंको मुखमा तलव नपाएको भन्दै शिक्षक धर्नामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दसैंको मुखमा तलव नपाएको भन्दै शिक्षक धर्नामा

विराटनगर, २२ असोज । विराटनगर महानगरपालिकामा तलब नपाएको भन्दै शिक्षकहरु धर्नामा बसेका छन् । विराटनगर महानगरपालिकाले काजमा रहेका २६ जना शिक्षकहरुको तलब निकासा नगरेको भन्दै सोमबार देखी शिक्षकहरु कार्यालय परिसरमा धर्ना शुरु गरेका हुन् ।

महानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुको श्रावण महिना देखिको मासिक तलब दसैंको मुखमा समेत निकासा नभएका कारण शिक्षकहरु आन्दोलन उत्रिन बाध्य भएको नेपाल शिक्षक महासंघ महानगरपालिकाका अध्यक्ष बेदु कुमार खतिवडाले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई र विराटनगर महानगरपालिकाको गैर जिम्मेवारीका कारण काजमा खटिएका शिक्षकहरुको तलब निकासा नभएको आरोप लगाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);