पाँच वर्ष भित्र वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य : मन्त्री विष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पाँच वर्ष भित्र वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य : मन्त्री विष्ट

gokarna bista

काठमाडौं, २२ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्ष भित्र वैदेशिक रोजगारीमा बाध्य भएर जाने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता दोहो-याएका छन् ।

मन्त्री विष्टले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न सरकार लागि परेको बताउँदै सोमबार सर्जक दुर्गा रायमाझीकोे गिती एल्बम ‘फर्क दाई फर्क’ विमोचन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन जनताको श्रम र सीपलाई सरकारले सक्दो सदुपयोग गर्ने योजना अघि सारेको बताए । मन्त्री विष्टले जनतालाई सुःखी बनाउने लक्ष्य सहितको समृद्धिको अभियानमा सबैलाई साथ दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तत्काल स्वदेश फर्कने सम्भावना नरहेपनि देशमा लगानी गर्न वैदेशिक रोजगारमा गएकाहरुलाई आग्रह गरे । उनले भूगोल भित्र नरहेका नेपालीहरुले पनि राष्ट्र निर्माणमा सहभागी हुन सक्ने बताए ।

गिती एल्बममा स्वदेश फर्कन र राष्ट्रको सेवामा लाग्न आह्वान गरिएको छ । सर्जक रायमाझीले राष्ट्र निर्माणमा विदेशमा रहेका युवाहरुलाई सहभागी हुन गितको सृजना गरिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);