मलेसिया जाने कामदारको अतिरिक्त शुल्क खारेज | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मलेसिया जाने कामदारको अतिरिक्त शुल्क खारेज

gokarna bista

काठमाडौं, ३ जेठ । सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि लगाइएको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय गरेको छ । बिहिबार सिंहदरबारमा पत्रकार सम्मलेन गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया जाने नेपाली कामदारमाथि अवैधानिक रुपमा लिने गरिएको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

मन्त्री विष्टले अतिरिक्त शुल्क नलिने सरकारको निर्णय कार्यान्वयनका लागि मलेसिया सरकारलाई अनुरोध गर्न परराष्ट्र मन्त्रालयमार्फत् कूटनीतिक पहल गर्ने प्रक्रिया अघि बढाइएको स्पष्ट पारे । उनले सरकारको यो निर्णय कार्यान्वयन गर्न, गराउन पनि मातहतका निकायलाई सचेत गराए । मलेसिया जाने नेपाली कामदारमाथि भिसाबाहेकको शुल्क लिने सम्बन्धित निकायलाई कडा कार्बाही गर्ने मन्त्री विष्टको चेतावनी छ ।

त्यसैगरी सरकारले एक पक्षीय रुपमा ३९ वटा स्वास्थ्य संस्थाहरुबाट मात्रै स्वास्थ्य परिक्षण गराउने प्रावधान हटाउने निर्णय गरेको छ । मन्त्री विष्टले स्वास्थ्य मन्त्रालयबाट मान्यता प्राप्त र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचिकृत भएका स्वास्थ्य संस्थाहरुबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको स्वास्थ्य परिक्षण गराउने व्यवस्था लागू गरिएको स्पष्ट पारे ।

यस व्यवस्थाले स्वास्थ्य परिक्षणमा लगाइएको सिन्डीकेट अन्त्य हुने सरकारको विश्वास छ । मन्त्री विष्टले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक सबै खालको नीतिगत, संरचनागत निर्णय लिन प्रतिवद्ध रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);