भीएलएन ठगीमा महानिर्देशककै संरक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भीएलएन ठगीमा महानिर्देशककै संरक्षण

thagi

काठमाडौं, ६ साउन । मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रुपमा शुल्क उठाएको आरोप खेपेको मलेसिया भीएलएन प्रालिलाई वैदेशिक रोजगार विभागकै तत्कालिन महानिर्देशक कृष्णहरि पुष्करले संरक्षण गरिएको भेटिएको छ ।

तत्कालीन महानिर्देशक पुष्करले भीएलएनले कामदारमाथि ठगी गरेको नदेखिएको भन्दै उजुरी तामेलीमा राख्ने निर्णय गरेका हुन् । समाचारमा लेखिएको छ, उनले त्यतिबेलै सबै फाइल श्रम मन्त्रालयमा फिर्ता पठाउन आदेशसमेत दिएका थिए ।

सरकारको अनुमतिबिना कुनै पनि कम्पनीले वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम उठाउन पाउँदैन । अर्कोतर्फ सरकारको निर्णयअनुसार नेपाली कामदारका लागि फ्रि भिसा, फ्रि टिकेटको व्यवस्था छ । यो व्यवस्था उल्लंघन गरेको आरोपमा भीएलएन सञ्चालकमाथि ठगी मुद्दा चलेको हो । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);