कालंगा हाइड्रो पावर निर्माणको काम २५ प्रतिशत सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

कालंगा हाइड्रो पावर निर्माणको काम २५ प्रतिशत सम्पन्न

kalanga hydro

ललित सिंह
बझाङ, ३ जेठ । बझाङको बुंगल नगरपालिकामा निर्माणधीन कालंगा हाइड्रो पावरको काम २५ प्रतिशत सकिएको छ । हाइड्रो पावरका काम सुरु भएपछि सो क्षेत्रका स्थानीयले रोजगार पाएका छन् । गाउँमै रोजगार पाएपछि विदेश जानेको संख्या पनि घटेको छ ।

बझाङको बुंगल नगरपालिकामा १४ अर्बको लगानीमा कालंगा हाइड्रो पावरको निर्माण सुरु गरिएको हो । हाइड्रो पावर निर्माण सुरु गरेपछि सो क्षेत्रका स्थानीयले रोजगार पाएका छन् । गाउँमै रोजगार पाएपछि विदेश जानेको संख्या पनि घटेको छ । जलविद्युत आयोजनाको लागि सडक निर्माण भएपछि स्थानीयलाई आवात जावतमा समेत सहज भएको छ ।

अहिले सो क्षेत्रका स्थानीयको जिवनस्तरमा समेत सुधार आएको छ । स्थानीयले गाउँमै राम्रो आम्दानी गर्न सफल भएको आयोजनाको भनाई छ । आयोजनाको काम तिव्र गतिमा भइरहेहको र अहिलेसम्म २५ प्रतिशत सकिएको आयोजनाको भनाइ छ ।

कालंगा हाइड्रो पावर अन्तर्गत तीन वटा आयोजना संचालित छन् । जस अन्तर्गत सानीगाड हाईड्रो प्रालिले ३८ दशमलव ४६ मेघावाट, अपरकालंगा हाईड्रो प्रालिले १५ दशमलव ३३ मेगावाट र सानीगाड हाईड्रो प्रालिले १० दशमलव ७ मेघावाट गरि ६४ दशमलव ४९ मेघावाट बिद्युत उत्पादन गर्ने छ ।

जलविद्युत आयोजनाको निर्माणका लागि १० वटा बैंकले ७५ प्रतिशत लगानी गरेका छन् । त्यस्तै स्थानीयले १० प्रतिशत र व्यापारीले १५ प्रतिशत लगानी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);