कालीओडार गुफाको संरक्षणमा युवाहरु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कालीओडार गुफाको संरक्षणमा युवाहरु

kalidor gufa

टिका खतिवडा,
इलाम, ३ जेठ । इलामको माइजोगमाई गाउँपालिका ४ नामसालिङमा रहेको कालीओडार गुफाको संरक्षणमा युवाहरु जुटेका छन् । सो क्षेत्रलाई पर्यटकीय गन्तव्यमा विकास गर्न युवाहरु जुटेका हुन् ।

इलामको माइजोगमाई गाउँपालिका ४ नामसालिङमा रहेको कालीओडार गुफाको संरक्षणमा युवाहरु जुटेका हुन् ।बाँसघारीको बीचमा रहेको कालीओडारमा चार वटा लामा गुफा छन् । पहिले बाघ बस्ने गरेको गुफामा अहिले चमेरा बस्ने गरेको छ ।

कालीका देवीको रुपमा देवीस्थान मानेर सो गुफामा स्थानीयले पूजाआजा गर्ने गरेका छन् । गुफा क्षेत्रको प्रचार प्रसार गरेर पर्यटकीय गन्तव्यमा विकास गर्नुपर्नेमा स्थानीयको जोड छ । इलाम सदरमुकाम बाट ३ घण्टा को यात्रा तय गरेपछि पुगिने कालीओडारको संरक्षणका लागि सम्बन्धित निकायले पनि चासो दिनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);