एसियाकै गहिरो गुफाको विकासका लागि युवाहरु सक्रिय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एसियाकै गहिरो गुफाको विकासका लागि युवाहरु सक्रिय

नरी बडु
बैतडी २३ माघ
। सुदूरपश्चिमको बैतडी धार्मीक एवं पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । दलहरुले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि जिल्लालाई पर्यटकीय क्षेत्रको विकास गर्ने प्रतिवद्धता जनाएका थिए । तर जनप्रतिनिधिले चासो नदिएपछि सो क्षेत्रको विकासका लागि युवाहरु सक्रिए भएका छन् ।

बैतडीको सुर्नया गाँउपालिका र पाटन नगरपालिकाको बिचमा रहेको एसियाकै गहिरो गुफाको रुपमा चिनिने पातालभुमेश्वर गुफाको विकासका लागि युवाहरु जुटेका हुन् । जनप्रतिनिधिले विकासका काममा चासो नदिएको भन्दै युवाहरु पर्यटकीय क्षेत्रको विकासमा जुटेका हुन् । रोजगारीका लागि विभिन्न देशमा पुगेका युवाले समाजिक संञ्चालबाट युवा जनजागरण मञ्च गठन गरी आर्थिक संकलन गरिरहेका छन् ।

फ्रन्सेली गुफाविशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययन अनुसार मातालभुमेश्वर गुफा १ सय ६५ मिटर गहिरो र ८ सय मिटर लामो छ । गुफा भित्र विभिन्न किसमका मुर्तिहरु पनि छन् । सो क्षेत्रमा अवलोकनका लागि विभिन्न जिल्लाबाट विद्यार्थीहरु पुग्ने गरेका छन् ।

पातालभुमेश्वर गुफा कैलाश पर्वतसम्म फैलिएको अनुमान छ । तर सो गुफाको अहिलेसम्म अध्यन अनुसन्धान हुन सकेको छैन ।त्यसैले सम्बन्धित निकायले पातालभुमेश्वर गुफाको अनुसन्धान गरि धार्मीक एवं पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);