प्रचारप्रसारको अभावका कारण दाङको चमेरे गुफा ओझेलमा | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

प्रचारप्रसारको अभावका कारण दाङको चमेरे गुफा ओझेलमा

chamero gufa1

दाङ, २९ मंसिर । चमेरे गुफा भन्ने वित्तिकै सायद धेरै नेपालीहरुलाई पोखरामा अवस्थित गुफा सम्झिने गरिन्छ । जहाँ बर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गर्दछन् । पोखराको चमेरो गुफा जस्तै मनमोहक रहेको छ दाङको चमेरे गुफा पनि । तर यातायात पुर्वाधार र पर्याप्त प्रचारप्रसारको अभावका कारण यहाँ धेरै पर्यटकहरु भित्रिन सकेका छैनन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटमा रहेको चमेरे दाङका पर्यटकीय सम्भावना बोकेका स्थलहरुमध्ये एक हो । ऐतिहासिक महत्व र प्रचुर सम्भावना भएपनि यो चमेरे गुफा भने ओझेलमा परेको छ । मुलकोट सामुदायिक वन क्षेत्रमा रहेकोे यो गुफासम्म पुग्ने सहज बाटो र पर्याप्त प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको हो । तुलसीपुर बजारदेखि करीव २५ किलोमिटर अर्थात एक घण्टाको दुरीमा यो गुफा रहेको छ ।

निकै विकट क्षेत्रमा रहेको र प्रचारप्रसारको अभावसंगै उक्त स्थानमा पुग्ने सडक, खानेपानी, विद्युत लगायतका अत्यावश्यक पुर्वाधारको अभावले पनि यस स्थानले पर्यटकहरुलाई आकर्षित गर्न सकेको छैन । गुफा व्यवस्थित पनि हुन नसकेकाले अवलोकनमा पनि केही असहज भएको अवलोकनकर्ताहरुको गुनासो छ ।
chamero gufa
गुफाको भित्ताहरुमा विभिन्न देवीदेवताको आकृतिसँगै हजारौका संङख्यामा रहेका चमेरा देख्न सकिन्छ । यो गुफा २०५६ सालमा पत्ता लागेको थियो । तर संकटकालमा गुफा ध्वस्त पार्ने धेरै कोशिसहरु भएको र संरक्षणका लागि कडा संघर्ष गर्नु परेको गुफा संरक्षण समितिले जनाएको छ ।

गुफालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न विभिन्न भौतिक संरचनाहरु बनाउन करिब १ अर्बको लगानीमा डिपिआर तयार पारिएको समितिका अध्यक्ष भुप बहादुर पुनले जानकारी दिनुभयो ।

गुफा संरक्षण तथा विकासका लागि प्रदेश सरकारले ५० लाख बजेट बिनियोजन गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सुर्य डाँगीले बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);