भ्रमण बर्ष २०२० : पर्यटकको स्वागतका लागि पोखरा तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भ्रमण बर्ष २०२० : पर्यटकको स्वागतका लागि पोखरा तयार

कास्की, १५ पुस । भ्रमण बर्षको पूर्व सन्ध्यामा नेपालको मुख्य पर्यटकीय शहरमध्ये एक पोखरामा पनि तयारीलाई तिब्रता दिइएको छ । भ्रमण बर्षको स्वागतका लागि माथिल्लो पोखरातिर पनि तयारी तिब्र पारिएको छ । मुख्यरुपले गुफा संरक्षण समितिले माथिल्लो क्षेत्रको पर्यटनको मुख्य विन्दुको रुपमा रहेको महेन्द्र गुफा र चमेरो गुफा क्षेत्र लक्षित गरी कार्यक्रम ल्याइएको छ ।

२० लाख पर्यटक नेपाल भित्र्याउने महत्वाकांछी लक्ष्य सहित सरकारले मनाउन लागेको भ्रमण बर्ष २०२० को तयारी पर्यटकिय सहर पोखरामा पनी जोडतोडले थालिएको छ ।

पर्यटकको ध्यान तान्ने पोखराका सुन्दर ताल र गुफाहरुमा पर्यटकलाई विशेष संस्कार सहितको स्वागत गर्ने पोखराको तयारी छ । गुफा संरक्षण समितिले माथिल्लो क्षेत्रका महेन्द्र गुफा र चमेरो गुफा क्षेत्रमा पर्यटकहरुका लागी विभिन्न कार्यक्रमको आयोजन गर्ने बताइएको छ ।

यता संरक्षण समितिको क्रियासिलता र भ्रमण बर्षको तयारीले महेन्द्र गुफा र चमेरे गुफा अवलोकन गर्नेको संख्यामा समेत बृद्धी भएको छ । यस आर्थिक वर्षको चार महिना श्रावण देखि कर्तिक सम्ममा २ लाख चालिस हजार आन्तरिक तथा वाह्य पर्यटकले महेन्द्र र चमेरे गुफाको अवलोकन गरिसकेका छन् । यो संख्यालाई अझ बडाउन एकिकृत पर्यटकिय क्षेत्र बनाउने तयारी समितीको छ ।

गुफा हेर्न आउने पर्यटकमा आन्तरिक पर्यटकको संख्या धेरै छ । त्यस पछि सार्क मुलुक तथा विदेशिको संख्या रहेको छ । सार्क मुलुकहरुमा पनि भारतिय पर्यटकहरु धेरै आउने गरेका छन् । उपल्लो पोखरा मानिने यो क्षेत्रका सबै चर्चित कुरालाई ब्राण्डिङ गर्ने स्थानियको योजना छ ।

अहिले गुफा क्षेत्रलाई थप आकर्षित वनाउने गुरु योजना अनुसार काम समेत शुरु भएको छ । पूर्ब पर्यटन मन्त्री स्वर्गिय रविन्द्र अधिकारीको पहलमा गुफा क्षेत्रमा पुग्ने सडक नाला निर्माणसंगै व्यवस्थित बसपार्क निर्माण भइसकेको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरि गुफा क्षेत्रमा सिसि क्यामेरा राख्ने काम भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);