महेन्द र चमेरे गुफा हेर्न अान्तरिक र वाह्य पर्यटक बढे | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

महेन्द र चमेरे गुफा हेर्न अान्तरिक र वाह्य पर्यटक बढे

pokhara

कृष्ण अन्जान ज्ञवाली, पाेखरा, २ मंसिर । पाेखराका पर्यटकिय केन्द्र हरुमा अान्तरिक पर्यटकहरु घुम्न अाउने क्रम बढिरहेकाे छ ।यसैक्रममा यहाँका चर्चित पर्यटकिय स्थल महेन्द्र गुफा र चमेरे गुफामा पनि पर्यटक हरुकाे अागमन बढेकाे हेा ।

पाेखरा महानगर पालिका वडान १६ मा रहेका पाेखरा कै एेतिहासिक पर्यटकिय स्थल महेन्द्र र चमेरे गुफा क्षेत्रमा दैनिक २ हजार सम्म अान्तरिक र वाह्य पर्यटक अाउने गरेका छन । याे सिजनमा विध्यालयहरु बन्द रहने र यहि विदाकाे उपयाेग गरेर विध्यार्थिहरु अत्यधिक मात्रामा घुम्न अाउने गरेकाे पाइएकाे छ ।

असोज महिनामा मात्र यि दुइ गुफामा ३० हजार पर्यटक अाएका छन । तथ्याँक अनुसार साउन देखि हाल सम्म यहाँ करिब ७४ हजार अान्तरिक र वाह्य पर्यटक अाइ सकेका छन । असोज महिना मा मात्र महेन्त्रगुफामा ८ लाख ६६ हजार र चमेरे गुफामा ५लाख ६८ हजार अाम्दानि भएकाे छ ।

महेन्द्र र चमेरे गुफामा गत अार्थिक वर्ष ०७४०७५मा ६ लाख पचास हजार अान्तरिक पर्यटकले गुफा अवलाेकन गरेकाे र करिव ३ कराेड अाम्दानि भएकाे र उक्त अाम्दानि स्थानिय बिन्ध्यवासिनि मावि सन्चसलन र यि गुफाहरुकाे व्यवस्थापन र मर्मत सम्भारमा खर्च हुने महेन्द्र तथा चमेरे गुफा बिकास समितीका ब्यबस्थापक शिसिर पाैडेलले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);