राजविराज नगरपालिकाको मुल गेटमै युवाले किन थुपारे फोहोर ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

राजविराज नगरपालिकाको मुल गेटमै युवाले किन थुपारे फोहोर ?

सप्तरी, १५ पुस । राजविराज नगरपालिकाले फोहोर नउठाई शहर दुर्गन्धित राखेको भन्दै आक्रोशित युवाहरुले मंगलबार नगरपालिका कार्यालय मुख्य गेटमा फोहोर थुपारेका छन् ।

नगरपालिका कार्यालयले एक सातादेखि फोहोर नउठाएका कारण बजार क्षेत्र दुर्गन्धित हुन थालेपछि युवाहरु आक्रोशित बनेका हुन् । आक्रोशित युवाहरुले मङ्गलवार बजारमा थुपारिएका फोहोर संकलन गरेर नगरपालिका कार्यालयको मुख्य गेटमै थुपारिदिएका हुन् ।

फोहोर उठाउन पटक पटक नगरपालिका कार्यालयमा ध्यानाकर्षण गराउँदा पनि जनप्रतिनिधि र कर्मचारीहरुले ध्यान नदिँदा बाध्य भएर यस्तो कदम उठाउनु परेको युवाहरुको भनाई छ ।

अझै जनप्रतिनिधि र कर्मचारीले नगरको फोहोर व्यवस्थापनतर्फ ध्यान नपु-याए नगरभरिको फोहोर कार्यालय अगाडी थुपारेर नगरपालिकालाई डम्पिङ्ग साइटको रुपमा परिणत गरिदिने युवाहरुले चेतावनी समेत दिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);