फोहोर नउठेको भन्दै जितपुरसिमरावासीले लगाए उपमहानगर कार्यालयमा ताला | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

फोहोर नउठेको भन्दै जितपुरसिमरावासीले लगाए उपमहानगर कार्यालयमा ताला

बारा। जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर क्षेत्रमा लामो समयदेखि फोहोर नउठेको भन्दै स्थानीयवासीले उपमहानगरपालिका कार्यालयमा ताला लगाएका छन् । फोहोर नउठ्दा पुरै बस्ती दुर्गन्धित भएको र समस्या समाधान गर्न उनीहरूले दबाबस्वरुप तालाबन्दी गरेका हुन् । यसअघि उपमहानगरलाई फोहोर उठाउन पटकपटक आग्रह गर्दा समेत बेवास्ता गरेको उनीहरूकाे गुनासो छ । ताला लगाउन जनप्रतिनिधिहरू समेत सहभागी थिए । उनीहरूले नगर प्रमुख राजन पौडेलले फोहोर व्यवस्थापनको विषयलाई बेवास्ता गरेको बताए । नगर प्रमुख पौडेलले निर्वाचन कार्यालय क्षेत्र ४ का प्रमुख कर्ण राई र इलाका प्रहरी कार्यालय सिमराका प्रमुख युवराज तिमल्सिनाको सहयोगमा विराेधमा उत्रिएका जितपुरसिमरा उपमहानगरपालिका–७ का वडा अध्यक्ष सुनिल गुप्तालाई प्रकाउ गरेपछि स्थानीयले जितपुर बजारमा चक्काजाम समेत गरेका छन् ।उनीहरूले आज सामान्य रुपमा उपमहानगरपालिकाको ध्यानाकर्षण गराउन गरेको कार्यक्रममा नगर प्रमुख पौडेलले प्रहरी लगाएर पक्राउ गरेको भन्दै सडकमा प्रदशन गर्दै फोहोर व्यवस्थापन गर्न र वडा अध्यक्ष गुप्तालाई रिहाई गर्न माग गरेका हुन् । स्थानीय रामबाबु यादबका अनुसार पटकपटक नगर सरसफाईका लागि मेयरलाई भनेर थाकिसके पनि कुनै सुनवाई नभएपछि ताला लाउन बाध्य भएको बताए ।फोहोर व्यवस्थापनका लागि अहिलेसम्म कुनै पहल नभएको यादवको भनाइ छ । ‘हामी कार्यालयमा दबाब दिँदादिँदा थाकिसक्यौँ । सफा गर्छौँ भनेर आश्वासन मात्रै पाइयो, काम हुनै नसकेपछि ताला लगाएका हौं । उपमहानगरपालिकाका नगर प्रमुख पौडेलले उल्टै प्रहरी लगाएर वडा अध्यक्ष पक्राउ गर्न लागाए । यसबाट समेत प्रष्ट हुन्छ की नगर फोहोर व्यवस्थापनमा ध्यान दिदैन ।’

प्रहरीले भने जितपुरसिमरा उपमहानगरपालिकाको भवनमा यस क्षेत्रको निर्वाचन कार्यालय रहेको र निर्वाचन कार्यालय प्रमुखले तालाबन्दी गरेको भन्दै खबर गरेकाले वडा अध्यक्षलाई नियन्त्रणमा लिएको जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);