उपमहानगरपालिका कार्यालयमा वडा अध्यक्षद्धारा ३ घण्टा ताला बन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उपमहानगरपालिका कार्यालयमा वडा अध्यक्षद्धारा ३ घण्टा ताला बन्दी


बारा,९ मंसिर। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्षले उपमहानगरपालिका कार्यालयको मुल गेटमा मंगलबार करिब ३ घण्टा ताला बन्दी गरेका छन्। दुई वर्ष पहिले वडा नम्बर २३ मा नगरपालिकाको बजेटबाट झोुलुङ्गे पुल बनाउँन ठेक्का लागाई शिलान्यास गरिएको तर काम शुरु नभएको भन्दै वडा अध्यक्षले उपमहानगरपालिकाको मुल गेटमा ताला बन्दि गरेका हुन् ।

तीन वटा टोलका ४ सय बढि स्थानीयलाई वडा कार्यालयसँग जोडिने गरी निर्माण गर्न लागिएको यस योजनाको काममा भएको ढिलाईको विरुद्धमा आँफुहरूले उपमहानगरपालिकामा ताला बन्दी गरेको वडा अध्यक्ष असलम देवानले जानकारी दिनुभएको छ। यस भन्दा पहिला पनि पटक पटक स्थानीयहरुको समुहले पुल निर्माण कार्यलाई तत्काल शुरु गर्न पालिका मैं पुगेर दवाब दिए पनि त्यसलाई बेवास्ता गरेको भन्दै बाध्य भएर ताला बन्दी गर्नु परेको स्थानीयले बताएका छन् ।

उपमहानगरपालिकाका नगर प्रमुख कृष्ण पौडेल कै पहलमा दशैं अगाडी नैं काम शुरु हुँने सहमति भएपनि दशैं, तिहार र छठ पर्व बिति सक्दा समेत शुरु नभए पछि स्थानीयको सहयोगमा वडा अध्यक्षले तालाबन्दी गर्नु परेको बताईएको छ ।

२७ लाखको लागतमा निर्माण हुने भनिएको योजनाको काम एस.के. ईन्जिनियरिङ्ग ईन्डट्रिज बुटवल रुपन्देहीले २०७७ भाद्र १ गते भित्र कार्य सम्पन्न गर्ने गरी २०७६ फाल्गुन २२ मा सम्झैता गरेको थियो । यता जीतपुरसिमरा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत तेजकुमार पोखरेलले तिहार अगाडी ठेकेदारसँग कुरा भएको र ठेक्केदारले छठ पश्चात काम शुरु गर्ने जानकारी दिएको बताउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);