राप्ती शान्ति उद्यानमा आन्तरिक पर्यटकको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राप्ती शान्ति उद्यानमा आन्तरिक पर्यटकको घुइँचो

rapti peace park1

दाङ, १५ पुस । राप्ती शान्ति उद्यान पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । भौतिक संरचनाको निर्माणसँगै दाङ तुलसीपुर उपमहानगरपालिकामा रहेको राप्ती शान्ति उद्यान पर्यटकहरुको केन्द्र बनेको हो । पछिल्लो समय दैनिक ५ देखि ७ सयसम्म आन्तरिक पर्यटकहरुको आवागमन भएको उद्यान व्यवस्थापन समितिले जनाएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकहरुका लागि आकर्षक गन्तव्यस्थल बन्न थालेको छ । विस २०५९ माघ ८ गतेदेखि उद्यान निमार्णको काम सुरु गरिएको थियो । सुरुमा नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट ३७ लाख ५० हजार अनुदान प्राप्त भएको र सो रकमबाट उद्यान निर्माणको काम शुरु गरिएको उद्यान व्यवस्थापन समितिले जनाएको छ ।

अहिले उद्यानको अवलोकन, घुमघाम गर्ने र वनभोज मनाउन दैनिक ५ सयदेखि ७ सय र विदाको दिनका ३ हजार देखि ४ हजार सम्म स्थानीय पर्यटकहरू आउने गरेको उद्यान व्यवस्थापन समितिले जनाएको छ।

उद्यान भित्र बालबालिकाहरूका चिल्ड्रेन पार्क, वनभोजको लागि ठाउँको व्यवस्था भएपनि चिडिया घर निर्माण भएको छ । पहिले भन्दा उद्यानमा धेरै सुधार आएकाले उद्यान घुम्न आएका आन्तरिक पर्यटकहरु पनि खुशी छन् ।

यता तुलसीपुर उपहानगरपालिकाले भ्रमण बर्ष २०२० लाई लक्षित गरी पुस १६ गतेबाट घुम्न जाउँ तुलसीपुर अभियान शुरु गर्न लागेको उपमहानगरपालिकाले जनाएको छ ।

द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समुहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा राप्ती शान्ति उद्यान निमार्ण गरिएको थियो । उद्यानको विकासका लागि प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाले ५०/५० लाख बजेट छुट्टाएको समितिले जनाएको छ ।
rapti peace park

rapti peace park2

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);