फोहोर व्यवस्थापन नहुँदा शहरले सुन्दरता गुमाउदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फोहोर व्यवस्थापन नहुँदा शहरले सुन्दरता गुमाउदै

fohor rajbioraj

सौरभ यादव
सप्तरी, १९ कात्तिक
। प्रदेश नम्बर २ को मुख्य शहर हो, राजविराज । पछिल्लो समय जनघनत्व बढेसंगै राजविराजमा फोहोर व्यवस्थापन नहुँदा शहरले सुन्दरता गुमाउदै गएको छ भने सरसफाईको लोभलाग्दो योजना बनाएको स्थानिय जनप्रतिनिधिले बाचा अनुरुप काम नगरेपछि स्थानिय समेत आक्रोशित बनेका छन् ।

सप्तरीको राजविराजमा फोहोर व्यवस्थापन नहुँदा बजार नै दुर्गन्धित बनेको छ । राजविराज नगरपालिकाले फोहोर फाल्ने ठाउँको निक्यौल गर्न नसक्दा बजार दुर्गन्धित बनेको छ भने फोहोरका कारण रोगको संक्रमण हुने खतरा पनि बढेको छ । बजार क्षेत्रका ठाउँ–ठाउँमा थुपारिएको फोहोर दुई ३ दिनसम्म पनि नउठ्दा नगर क्षेत्र दुर्गन्धत बनेको हो । फोहोर फाल्ने ठाउँ अभावका कारण होटल, तरकारी लगायत अन्य पसलको फोहोर सडकमै थुप्रिने गरेको छ ।

राजविराज नगरपालिकाले विगत आठ वर्षदेखि प्रत्येक नगर परिषद्मा डम्पिङ साइटको व्यवस्था गर्ने योजना बनाउदै आएको छ । तर, जनप्रतिनिधि चुनिएको डेढ बर्ष वितिसक्दा समेत फोहोर व्यवस्थापनको काम नगर क्षेत्रमा जस्ताको त्यस्तै छ ।

फेहोरमैला व्यवस्थापन नहुँदा सुँगुर तथा छाडा पशु चौपाया फोहोरको थुप्रोमा भुल्ने गरेका छन् । तर नगरपालिकाले न फोहोर व्यवस्थापनमा चासो दिएको छ न छाडा चौपाया नियन्त्रणमा नै ।

राजविराज नगरपालिकाले सरसफाइ शीर्षकमा मात्रै दैनिक १६ हजार रुपैयाँ खर्च गर्दछ । गत आर्थिक वर्षमा कुल ५८ लाख ३३ हजार ३ सय ६९ रुपैयाँ खर्च सरसफाइका लागि खर्च भएको थियो । नगरको फोहोर संकलन र व्यवस्थापनका लागि २२ जना स्विपर, ५ वटा ट्याक्टर र ३ वटा टिप्पर दैनिक परिचालित छन्। तर, नगर क्षेत्रमा फोहोर व्यवस्थापनको अवस्था भने ज्युँका त्युँ छ ।

नगरपालिकाले समयमा फोहर नउठाउँदा स्थानीयवासी आजित छन् भने फोहर उठाइसकेको ठाउँमा जथाभावी फोहर फाल्ने प्रवृत्तिले नगरपालिकाका कर्मचारी हैरान छन् । नगरपालिका र स्थानीयवासी दुवैको कमजोरीका कारण नगर क्षेत्रमा सरसफाइको अवस्था दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);