चीनको पूर्वी प्रान्त चच्याङको हाइनिङमा किसानका ताजा कृषि उपज सहरी बजारसम्म सहज रूपमा पु¥याउने उद्देश्यले विशेष बस सेवा शुरु गरिएको छ । बिहानै सञ्चालन हुने उक्त बसले ह्वाङवान टाउनबाट किसान र उनीहरूले उत्पादन गरेका ताजा फलफूल तथा तरकारी संकलन गरी बजारसम्म पु¥याउने गरेको छ । बिहान करिव ६ बजे छुट्ने बसले पहिलेभन्दा छिटो र कम समयमा यात्रा पूरा गर्दै ३३ किलोमिटरको मार्गमा रहेका तीन व्यस्त सहरी बजारलाई जोडेको छ । विशेष बस सेवाले किसानलाई कृषि उपज बजारसम्म पु¥याउन सहज भएको छ । किसान सुश्री चाउले अब बीचमा बस परिवर्तन गर्नुपर्ने झन्झट हटेको र सिधै बजार पुग्न सकिने बताइन् । त्यस्तै, अर्की किसान छेन शुइरोङले यस सेवाबाट उत्पादन छिटो बिक्री गर्न र चाँडै घर फर्कन सम्भव भएको बताइन् । उनले यो बस सेवा जनताको सुविधाका लागि प्रभावकारी भएको उल्लेख गरिन् ।




