तरकारीकाे भाउ आकाशियाेे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

तरकारीकाे भाउ आकाशियाेे

सुनसरी,३१ भदाै । लगातारको वर्षातको कारण ग्रामिण भेगमा तरकारी ढुवानीमा समस्या हुँदा धरानका बजारहरुमा हरियो तरकारीकाे भाउ आकाशिएको छ । विगतका बर्षहरुमा ८० मेट्रिकटनसम्म तरकारी भित्रिने धरान कृषि उपज बजारमा यो वर्ष भने विभिन्न काराणले गर्दा ३० मेट्रिकटन सम्म भित्रिएपछि मूल्य आकाशिएको हो ।

भारी वर्षातको कारण पूर्वी पहाडी जिल्लाहरुमा ग्रामिण सडक अवरुद्ध भएसँगै बजारसम्म तरकारी आपुर्ती गर्न कठिनाई हुँदा हरियो तरकारीको मुल्य आकासिएको छ । माग अनुसारको तरकारी आपुर्ती गर्न नसक्दा बजारमा तरकारी अभाव भएसँगै तरकारीको भाउ आकासिएको हो ।

कोरोना महामारीका कारण कृषकहरुले समयमा मल,बिउ नपाउँदा प्रशस्त मात्रामा तरकारी उत्पादन हुन सकेन । उत्पादन भएको तरकारी समेत ढुवानीमा समस्या आएपछि बजारमा तरकारी अभाव भएसँगै मुल्य चर्को पर्न गएको व्यापारीहरु बताउँछन् ।

कृषकको बारीमा नै पुगेर ढुवानी गर्दै आएका चालकलाई वर्षातले ग्रामिण सडक हिलाम्मे हुँदा समयमा ढुवानी गर्न समस्या हुने गरेको छ । आफै बाटो मर्मत गर्दै ढुवानी गर्नुपर्ने बाध्यता भएको उनीहरु बताउँछन् ।

धरानको कृषि उपज बजार स्थलमा धनकुटा, भोजपुर, तेह्रथुमलगायतका पहाडी जिल्लाबाट ८० मेट्रिकटन तरकारी भित्रिदै आएको थियो । तर, अहिले यो बजारमा ३० मेट्रिकटन मात्र तरकारी भित्रिने गरेको छ । माग अनुसार हरियो तरकारी आपुर्ती गर्न नसक्दा यस वर्ष तरकारीकको मुल्य अहिलेसम्म कै उच्च मुल्य रहेको बजार व्यावस्थापक लक्ष्मण भट्रराइले जानकारी दिनुभयो ।

सरकारले कृषिलाई प्राथमिकतामा राखेर कृषकलाई अनुदान दिएपनि बजारीकरण सहजिकरण नगर्दा कृषकहरुले यस्ता समस्या भोग्दै आएका छन् । अहिलको विषम परिस्थीतीमा कृषि पेशालाई प्रत्साहन दिदैँ उत्पादन बढाउनुको र त्यसको सहज बजार प्रदान गर्नुको विकल्प छैन । तसर्थ कृषकले उत्पादन गरेको बस्तुको बजारीकरण गर्न साथै ग्रामिण सडकको स्तरउन्नती गर्नेतर्फ सरकारको ध्यान जान आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);