खाद्य वस्तुको भाउ आकाशिदैँ, भारतमा प्याज उत्पादन कमीले नेपालमा असर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

खाद्य वस्तुको भाउ आकाशिदैँ, भारतमा प्याज उत्पादन कमीले नेपालमा असर

Onions

काठमाडौं, ११ मंसिर । अहिले उपत्यकाका बजारमा प्राय सबै खाद्य वस्तुको भाउ आकाशिएको छ । अघिल्लो बर्षको तुलनामा यो बर्ष तरकारीको मुल्य निकै बढेको उपभोक्ताको गुनासो छ । बजारमा प्याज त छोइ नसक्नु नै छ । प्याजको अहिलेसम्मकै सबै भन्दा बढी भएको उपभोक्ताहरुको भनाइ छ ।

हरेक भान्सामा हरेकदिन नभइ नहुने तरकारीको भाउ अहिले अत्याधिक बढेको छ । धेरै समय भण्डारण गरेर राख्न नसकिने हुनाले ताजा बेच्नु पर्ने भएको कारण तरकारीको बजार भाउ हरेक दिन फरक पर्ने गर्दछ । नेपालमा उत्पादन कम र खपत बढी हुने हुँदा हरेक तरकारीको भाउ दिन दिनै बढीरहेको छ । जसका कारण उपभोक्ताहरुको भान्सा मंहगिएको छ ।

तरकारीमा पनि प्याजको भाउ भने केही दिन यता आकाशिएको छ । नेपालमा प्याज उत्पादन नहुने र ९५ प्रतिशत भारतबाट आउने गर्छ । अहिले भारतमानै प्याज अपुग भएपछि नेपालमा कम आपूर्ती भएको कारण प्याजको मुल्य आकाशिएको व्यापारीहरुको तर्क छ ।

सामन्यतया उपत्यकामा दैनिक २० टन बिक्री हुने प्याज अहिले पाँच टनमा झरेको छ । भारतमा यस वर्ष प्याज उत्पादनमा आएको कमीले नेपालमा असर परेको हो । अहिले चिनबाट पनि केही प्याज आइरहेको कारण मुल्य केही गिरावट भएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितीका प्रवक्ता विनय श्रेष्ठ बताउनु हुन्छ ।

भारतमा ढिलो गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यबृद्धि भएको बताइएको छ । अहिले थोक बजारमा प्याजको मुल्य २०० बाट झरेर १६५ पुगेको छ । नेपालमा प्याज उत्पादन हुने अवस्था भएपनि नेपालको कृषी नीतिमा किसाानलाइ आर्कषित गर्न उत्पादन नभएको अवस्थामा अनुदान दिने र बजार भाउ उचित तोकिदिएको खण्डमा नेपालमै पर्याप्त प्याज उत्पादन हुने बिज्ञहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);