नेपाली बजारमा प्याजको मूल्य फेरी बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाली बजारमा प्याजको मूल्य फेरी बढ्यो

Onions

काठमाडाैं, ३० भदाै । भारत सरकारले प्याजको निर्यातमा रोक लगाएपछि नेपाली बजारमा प्याजको मूल्य बढेको छ । हिजोदेखि भारतबाट प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरुको भनाई छ । कुनै व्यापारीहरुसँग भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ ।

मंगलबार व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेको उपभोक्ताहरुको गुनासो छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार सोमबार सुकेको प्याजको थोक मूल्य प्रतिकिलो ५९ देखि ६१ रुपैयाँ रहेको थियो । तर मंगलबार भने प्याजको मूल्य २५ प्रतिशतले बढेको हो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गत रहेको विदेश व्यापार निर्देशनलालयले सोमबार सूचना जारी गर्दै सबै प्रकारको प्याजको निर्यातमा रोक लगाएको हो ।

दक्षिण भारतमा भारी वर्षाका कारण प्याज उत्पादन घटेकाले भारतमा पनि मूल्य अचाक्ली बढिरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन । कर्नाटक, आन्ध्र प्रदेशलगायतका दक्षिण भारतीय राज्यमा लगातारको वर्षाले प्याजको उत्पादनमा क्षति पुगेको जनाइएको छ ।

दक्षिण एसियामा भारत सबैभन्दा बढी प्याज उत्पादन गर्ने मुलुक रहेको छ । नेपाललगायत बंगलादेश, श्रीलंका र मलेसिया भारतीय प्याजमै निर्भर रहेका छन् ।यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);