प्याजको मूल्य समायोजन, स्थानीय सरकार र थोक व्यापारी बीच चर्काचर्की | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

प्याजको मूल्य समायोजन, स्थानीय सरकार र थोक व्यापारी बीच चर्काचर्की

Onions

वसन्त बान्तवा

सुनसरी ९ असोज । सुनसरीको धरान उपमहानगरपालिकाले प्याजको मूल्य समायोजन गरेको छ । भारतले गत भदौं २९ बाट प्याज आयातमा रोक लगाएपछि थोक व्यापारीहरुले प्याजको मूल्य बढाएका थिए । जसले गर्दा उपभोक्ताहरुले चर्को मुल्यमा प्याज खरिद गर्न बाध्य भएको जन गुनासो बढेको थियो ।

गत भदौं २९ गते यता भारतले प्याज आयातमा रोक लगाएपछि थोक व्यापारीहरुले धरानमा प्याजको मूल्य ह्वातै बढाएका थिए । प्याजको मूल्य बृद्धि गर्दै आफुसँग भएको स्टक प्याजको थोकमूल्य नै प्रतिकेजी ५५ रुपैयाँबाट ९० रुपैयाँ पु¥याएर बिक्री गरे ।

खुद्रा मूल्य भने एक सयरुपैयाँ भन्दा माथि बढाएर विक्री गरे । पछिल्लो समय धरान उपमहानगरपालिकाले प्याजको थोक मूल्य प्रतिकेजी ७० र खुद्रा मूल्य प्रतिकेजी बढीमा ८५ रुपैयाँ कायम गरेको छ ।

उपभोक्ताले चर्को मुल्यमा प्याज खरिद गर्न बाध्य भएको गुनासो आएपछि धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुबेदी सहितको टोलीले धरान कृषि उपज बजार स्थलमा अगनुगमन गर्दै प्याजको मुल्य समायोजना गरेको हो ।

प्याजको मुल्य समायोजनबारे स्थानीय सरकार र थोक व्यापारी बीच चर्का चर्की नै चलेको थियो । स्थानीय सरकारले उपभोक्ताको सहजताका लागि मुल्य समायोजन गर्नुपर्ने अडान राखिरहेका थिए भने थोक व्यापारीहरु मुल्य घटाउन नसकिने बताइरहेका थिए ।

अन्ततः उपभोक्ताको सहजताकोलागि उपमहानगर र थोक व्यापारी बिच प्याजको मुल्य समायोजन गर्ने सहमती भयो । भारतले प्याज आयातमा खुला नगरेसम्म स्टक प्याज विक्रीका लागि मुल्य समायोजन गरेको हो ।

प्याजको मुल्य समायोजन छलफलको क्रममा मेयर राईले प्याजको थोक मुल्य प्रतिकेजी ६८ रुपैयाँ कायम गर्नुपर्ने बताएका थिए । तर, थोक व्यापारीहरुले अस्विकार गदै थोक मुल्य प्रीतकेजी ७५ रुपैयाँ कायम गर्न प्रस्ताव गरे ।

अन्नत उपमहानगर र थोक व्यापारीबिच प्याजको थोक मुल्य प्रतिकेजी ७० रुपैयाँ कायम गर्ने सहमती भएको हो । थोक व्यापारीहरुले उपमहानगरपालिका सँग गरिएको प्याजको मुल्य समायोजनप्रति आफुहरुको असन्तुष्टी रहेको थोक व्यापारीहरुले बताएका छन् ।

कृषि उपज बजारका अनुसार भारतबाट कृषि बजारमा दैनिक २५ टन सम्म प्याज आउने गरेको छ । धरान सहित आसपासका बजारमा दैनिक १५ टन सम्म प्याज खपत हुने गरेको छ । धरान कृषि उपज बजारमा वार्षिक ५० करोड बराबरको प्याजको कारोबार हुने तथ्याङ्क छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);