५ किलो अफिम सहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

५ किलो अफिम सहित दुई जना पक्राउ

दाङ, १० असोज । दाङको तुलसीपुरबाट प्रहरीले ५ किलो लागुऔषध अफिम सहित २ जना पक्राउ गरेको छ ।

शुक्रवार साँझ करिब ८ बजेतिर तुलसीपुर-६ गुम्राहचोकबाट रोल्पा साबिक गाविस थवाङ-५ का ४६ बर्षीय कर्म कुमार बुढा र उनकी ४६ बर्षीय श्रीमती राज कुमारी रोकालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा जिप्रका दाङमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेका जिल्ला प्रहरी प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरु माथी लागू औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);