७ किलो अफिमसहित ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

७ किलो अफिमसहित ४ जना पक्राउ

aphim pakrau1

दाङ, १० साउन । दाङमा प्रहरीले अबैध लागुऔषध करिब ७ किलो अफिम सहित ४ जना व्यक्तिहरु पक्राउ गरेको छ । बिहीबार दाङको भालुवाङबाट ६ किलो ९६७ ग्राम लागु औषध अफिम सहित रोल्पा सुनछहरी गाउँपालिका २ का २२ वर्षीय लालसिंह बिक, सोही ठाउँका ३२ वर्षीय हर्क बहादुर घर्ती मगर, ३२ वर्षीय लालमन घर्ती मगर र रोल्पा सुनछहरी गाउँपालिका ५ का ३५ वर्षीय दुज बहादुर रोकालाई शनिबार जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

दाङको राप्ती गाउँपालिका १ भालुबाङको रातोडाँडामा रहेको दक्षिणकाली सोल्टी होटेलमा लागुऔषधको कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो ।

उनीहरुको प्रयोग गर्दै आएको लु ४० प ९८०६ नम्बरको २२० सिसीको पल्सर मोटरसाईकल र लु १ च ६१७१ नम्बरको सेतो रङको बलेरो जिप, विभिन्न कम्पनीका ५ थान मोबाइलहरु समेत नियन्त्रणमा लिएको प्रहरी जनाएको छ । साथै पक्राउ परेका ब्यक्तिहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);